कैलाश गाउँपालिकाले घरमा आगलागी प्रजालाई तत्काल राहत वितरण

तामसालिङ खबर
३२ श्रावण २०७७, आईतवार २२:०७

साउन, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाले आगलागीबाट घर जलेका कृष्ण कुमार प्रजालाई तत्काल राहत उपलब्ध गराएको छ ।

कैलाश गाउपालिका वडा नं. ७ घर भएका प्रजाको घर शनिबार अचानक आगो लाग्दा पुर्ण रुपमा क्षति भएको थियो । घरमा रहेका सम्पुर्ण अन्नबाली, लत्ताकपडा र दैनिक उपभोग्य सामान नष्ट भएपछि गाउपालिकाले अत्यावश्यक सामाग्री तत्काल उपलब्ध गराएको हो ।

अन्नबाली भित्र्याएको समयमा घर जलेर सबै खरानी भएपछि तत्काल राहत उपलब्ध गराइएको गाउपालिकाका अध्यक्ष टंक बहादुर मक्तानले बताए । उनका अनुसार बालबालिकाहरु खेल्ने क्रममा झुक्किएर आगो लागेको हुन सक्ने अनुमान छ ।

गाउपालिकाले तत्कालका लागि ३ बोरा चामल, १० केजी दाल, ५ केजी नुन, ५ लिटर तेल, १ दर्जन साबुन, जीरा, धनिया, बेसार लगायत सामाग्री उपलब्ध गराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*