सिन्धुलीको हरिहरपुरगढी गाउपालिका भदौ १५ गतेसम्म बन्द

बिशालराज राई
१ भाद्र २०७७, सोमबार १०:१२

भदौ, सिन्धुली (हरिहरपुर गढी) – पछिल्लो समयमा कोरोनाभाईरसको संक्रमणदर बढ्दो भएपछी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठकले अति आबश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष कारसाङ लामाको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले भदौ १ गते आजदेखि भदौ १५ गते सम्म गाउँपालिकाका अत्तिआबश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा अरु स्थानिय निकायहरुले पनि अति आवश्यक बाहेकका सेवाहरु बन्द गरेपछि हरिहरपुरगढी गाउँपालिकाले पनि अति आवश्यक बाहेकका सेवाहरु बन्द गर्नुको साथै सबै आवत जावत समेतमा कडाईको साथ रोक लगाएको   छ ।

स्थानीय व्यापार व्यावसायहरु पनि हरेक दिन बिहान ७ बजे देखि बिहान ९ बजेसम्म स्वास्थ्य सुरक्षाको पालना अनिवार्य रूपमा अपनाइ सन्चालन गर्न दिने निर्णय गरेको छ ।

गाउँपालिका प्रवेश गर्ने नाकाहरु गुर्जी, झप्सी, केमल्चुली, धिमिले, बन्द गर्ने र आवत जावत पनि बन्द गर्ने निर्णय गरेको छ । खुल्ला रुपमा हिड्डुल मानिसहरुको जमघट स्वास्थ्य सुरक्षा पालना नगरिरहेको अबस्थामा गाउपालिकाको यो निर्णयले समुदायमा कोरोना फैलिन नदिने बिश्वास दिलाएको   छ ।

त्यस्तै, गाउँपालिकाको वडा नम्बर २ रतनपुरको बिद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइन वडा नम्बर ५ बाह्रबिसेमा सार्ने निर्णय गरेको छ भने वडा नम्बर ५ को वडा कार्यालयलाई भने भाडाको भबनमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*