पर्सा जगरनाथपुरबाट २० किलो लागु औषध चरेश बरामद

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार १३:५०

भदाै, पर्सा – प्रदेश नम्बर २ को पर्सा जगरनाथपुर गाउँपालिका- २ दसाैदाबाट सशस्त्र प्रहरीले ठुलाे परिमाणमा लागूऔषध चरेस बरामद गरेकाे छ ।

मंगलबार बिहान साढे पाँच बजेकाे समयमा बिओपि (बाेर्डर आउट पाेष्ट) भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङकाे कमाण्डमा खटिएकाे टाेलीले २० किलाे चरेस बरामद गरेकाे हाे ।

नेपालबाट भारततर्फ टाउकाेमा राखी लैजाँदै गरेकाे अवस्थामा गस्ती टाेलीलाई देखेपछि तस्करहरू सामान छाेडी भागेका थिए । बरामद चरेस आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक तामाङले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*