राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बन्देज गर्न राप्रविसंको माग
भदौ, हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन (राप्रविसं) ले नेपालको राष्ट्रिय झण्डा जलाएको “देशद्रोही” म्युजिक भिडियोलाई बन्देज गर्न माग गरेको छ ।
मंगलबार राप्रविसंका महासचिव जनक फडेराले प्रेस विज्ञप्ती जारी गर्दै नेपालको राष्ट्रिय झन्डा जलाएको “देशद्रोही” म्युजिक भिडियोलाई बन्देज गर्न माग गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ,’राष्ट्रियताको प्रतीक सम्पूर्ण नेपालीको सम्मान रहेको राष्ट्रिय झन्डा जलाउने र समाजमा विभेद फैलाउने खालको,“बाहुन क्षेत्री चोर हुन्” भन्ने जस्ता शव्द प्रयोग गरिएको,सामाजि सद्भाव खलबलाउने कार्य गरिएको प्रति राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको छ । र उक्त गतिलाई बन्देज गरि राष्ट्रदोह जस्तो अपराधमा संगलन सबैलाई हदै सम्मको कारबाही गर्न राप्रविस केन्द्रीय समिति जोडदार माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।







