राष्ट्रिय झण्डा जलाउने म्युजिक भिडियोमा संलग्न एक पक्राउ
भदौ, काठमाण्डौ – नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय विभेदलाई समेत बढावा दिने गरी म्युजिक भिडियोको एक जनालाई काठमाडौंबाट प्रहरी पक्राउ गरेको जनाएको छ ।
मकवानपुरको बागमती गाउँपालिकामा छायाङ्कन गरिएको म्युजिक भिडियो खिच्ने क्यामरा पर्सनलाई पक्राउ गरेको हो । प्रहरीले म्युजिक भिडियोका गायक र अन्य कलाकारलाई पनि खोजी गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएसँगै म्युजिक भिडियो हेर्नेको संख्या पनि ह्वात्तै बढेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४, को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्ष सम्म कैद वा ३० हजार सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।






