चितवनमा गाँजा सहित एक पक्राउ

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १८:२५

भदौ, चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले अबैध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का ३२ वर्षिय कुमार गुरुङ्ग रहेका छन् ।

उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजा सहित पक्राउ गरेको हो । ८५ वटा सुर्तीको प्याकेटमा प्याक गरि बिक्रि गर्ने अबस्थामा घर भित्र लुकाई राखिरहेको अबस्थामा गुरुङ्गलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य वहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुरुङ्गलाई बुधबार नै जिल्ला अदालत चितवनबाट सात दिनको समय थप गरि अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*