कोरोनाका कारण होस्टल व्यवसाय संकटमा

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार ०८:४०

भदौ, काठमाण्डौ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण होस्टल व्यवसाय संकटमा परेको छ । हरेक वर्ष ५० हजार बढी विद्यार्थीहरुलाई सेवा दिँदै आएको निजी क्षेत्रका होस्टल व्यवसायीहरुको कोरोनाको चपेटामा परेका हुन् । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउन पछि व्यवसाय ठप्प छन ।

होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीहरुको भनाइ छ । अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताए ।

‘घरभाडा नै सबैभन्दा ठूलो समस्या हो । गास र बासको पनि समस्या छ । सञ्चालक कर्मचारी सबै समस्यामा परेका छन,’ उनले भने । देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा रहेका छन । जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रीत परिवार छन । सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए ।

होस्टल सञ्चालनका लागि ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उनले बताए । होस्टल सञ्चालन पछि विद्यार्थीहरुले समेत समयमा शूल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ । कोरोनाले होस्टल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले बताए । सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उनको भनाइ छ । घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले बताए ।

नीति क्षेत्रका होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ । घर बहाल सम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्ट व्यवासय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनले बताए ।

सरकारले मौद्रीक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टल व्यवसायीहरुका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*