राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

तामसालिङ खबर
३ भाद्र २०७७, बुधबार १३:५१

भदौ, काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ बजे निधन भएको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*