बिहिबार थप ७ सय ७ जनामा कोरोना पुष्टी
भदौ, काठमाण्डौ – बिहिबार नेपालमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ७ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्याको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमण भै घर फर्केका छन् । हालसम्म निको हुनेको सख्या १७ हजार ९ सय ६४ जना पुगेको छ ।






