नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २६ जना पुग्यो

तामसालिङ खबर
४ भाद्र २०७७, बिहीबार १६:३८

भदौ, हेटौंडा – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप ६ जना मृत्यु भएपछी नेपालमा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १/१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*