नेपाल भित्र्याउँदै गरेकाे कुखुराकाे चल्ला पर्सामा बरामद

तामसालिङ खबर
५ भाद्र २०७७, शुक्रबार १४:३१

भदाै, पर्सा – पर्साकाे आसवारिबाट शसस्त्र प्रहरिले ठुलाे मात्रामा कुखुराकाे चल्ला बरामद गरेकाे छ । शसस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुर र शसस्त्र प्रहरी १३ न गणबाट खटिएकाे टाेलिले सुक्रबार बिहान चल्ला नियन्त्रणमा लिएकाे हाे ।

भारतबाट ८ वटा साईकलमा लाेड गरि सिमा नाकाबाट तस्कर समुले भित्र्याउँदै गरेकाे सुचना पाएपछि खटिएकाे टाेलिले साइकल सहित चल्ला नियन्त्रणामा लिन सफल भएकाे हाे ।

आठ वटा कार्टुनमा ६ हजार ५ सय चल्ला रहेकाे र पशु क्वारेनटाईनकाे प्रतिनिधिकाे राेहवरमा कागजि प्रकृया पूरा गरि नष्ट गरिने शसत्र प्रहरी निरिक्षक किसमान तमाडले बताउनुभयाे ।

पर्सा जिल्ला काेराेनाकाे हसस्पाेट बनिरहदा र निशेधाज्ञा जारि रहदा पनि रातकाे समयमा सुरशक्षाकर्मिकाे आखा छलेर तस्कर समूह सिमामा सक्रिय रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*