मकवानपुरका १० जनामा कोरोना पुष्टी

तामसालिङ खबर
७ भाद्र २०७७, आईतवार १७:४०

भदौ, हेटौंडा – चितवनमा गरिएको कोरोना परिक्षणमा मकवानपुरका १० जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा हेटौँडा–६ का ७, ३३,२५ र ३ बर्षीया गरी ४ महिला र ६ बर्षीय १ पुरुष गरि ५ जना रहेका छन् ।

त्यस्तै, हेटौँडा–९ लामसुरेका ३० र ६० बर्षीय दुई पुरूष, हेटौँडा–३ का २४ बर्षीया एक महिला र मनहरी गाउँपालिकाकी ६० बर्षीया एक महिला र ३७ बर्षीय पुरूष गरि १० जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*