हेटौडामा भदौ १५ गते सम्म निषेधाज्ञा थपियो
भदौ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा थप भएको छ ।
कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) मकवानपुरको आज बसेको बैठकले उक्त क्षेत्रमा आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
साउन २६ गतेबाट हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको पुर्बपश्चिम राजमार्गको दाँया वाँया ५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञा ३२ गते बाट थपेर भदौ ९ गते (मंगलबार) भोलि राति १२ बजे सम्म पुर्याएको थियो ।






