सज्जा बनिन् ‘नेपाल आइडल सिजन ३’ का बिजेता

तामसालिङ खबर
१३ भाद्र २०७७, शनिबार ०७:३२

काठमाडौं – नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि सहित ५० लाख रुपैयाँ समेत प्राप्त गरेकी छिन् ।

फस्ट रनरअप बर्दिया राजापुरक प्रवीण बेडुवाल भएको छ । बर्दिया राजापुरका बेडुुुवालले १५ लाख रुपैयाँ हात पारेका छन् । त्यसैैैगरी सेकेन्ड रनरअप महोत्तरी बर्दिबासका किरणकुमार भुजेल भएको थियो । उनले पनि पाँच लाख रुपैयाँ प्राप्त गरे ।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।

आइडलमा यसअघि बुद्ध लामा र रवि ओडले जित दर्ता गरिसकेका छन् । गत चैत्रमा सकिनुपर्ने आइडल कोभिड-१९ का कारण शुक्रबार राति सकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*