अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिने

तामसालिङ खबर
१५ भाद्र २०७७, सोमबार ०९:४८

भदौ, काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो ।

अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ । यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ।

‘निर्धारण गरिएको भन्दा धेरै शुल्क कसैले पनि लिन पाउने छैनन्’, मन्त्रालयको निर्णयबारे जानकारी दिँदै सहप्रवक्ता अधिकारीले भने, ‘अब सङ्क्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय भएको छ।’ यो खबर अन्नपुर्ण पोस्टमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*