बागमती प्रदेशकी उपसभामुख तामाङ कोरोना संक्रमण मुक्त

तामसालिङ खबर
१५ भाद्र २०७७, सोमबार १७:३२

भदौ, हेटौडा – बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमण मुक्त भएकी छन् । उपसभामुख तामाङ र उनका ९ वर्षीय छोरालाई गत साउन ३२ गते कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।

चौध दिन होम आईशोलेशनको बसाई पछि आईतबार उपसभामुख तामाङ र उनको छोराको पीसीआर रिपोर्ट निगेटिभ आएको हो । शुभचिन्तकहरुको हौसला र सदभावले आफूलाई मनोबल बढेकै कारण सजिलै संक्रमणलाई जित्न सकेको उपसभामुख तामाङले बताइन ।

‘मलाई संक्रमण भएको खबर सार्वजनिक हुँने वित्तिकै यति धेरै फोनको चाप पर्यो कि मैले धेरैजनाको फोन रिसिभ गर्नै सकिन, उनले भनिन । धेरैजनाले मेरो स्वकिय सचिव र परिवारका सदस्यलाई फोन गरेर पनि शुभेच्छा र सुझावहरु दिनु भयो । शुरुमै पुर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले फोन गरेर ढाडस दिनुभयो ।

त्यसपछि सभामुख अग्नी सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, पुर्व सभामुख कृष्णबहादुर महरा, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरिक मामिला मन्त्री शालिकराम जमकटेल लगायत सबै मन्त्रीज्यूहरु थुप्रै नेता, सांसद, कर्मचारी, पत्रकार र शुभचिन्तकहरुले फोन गरेर सुझाव सहित स्वास्थ्य लाभको कामना गर्नुभयो । विभागीय मन्त्री युवराज दुलाल मेरो निवासमै आएर सुझावसहित हौसला दिनु भयो ।

जिल्लावासी, देश तथा विदेशबाट समेत फोन र मेसेजबाट हौसलासहित स्वास्थ्य लाभको कामना गर्नु भयो । यही सदभाव, परिवार तथा सचिवालयको माया र राम्रो व्यवस्थापनले सजिलै संक्रमण मुक्त हुन सफल भएको हुँ । बिचमा केही खोकी बढेको कारण डाक्टरको सल्लाहमा केही मेडिकल दवाई खाएको र अरु बेला गुर्जो, बेसार, अदुवा र कागती पानी लगायत केही आयुवेदिक औषधी सेवन गरेका उनले बताईन ।

उपभामुख तामाङले कोरोना भाइरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागि हालेमा भयानक समस्याको रुपमा नभइ सहज रुपमा ग्रहण गर्नुपर्ने सुझाव दिइन् । मुख्य गरी कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्ने हो, सामाजिक रुपमा दुरी कायम राख्ने भन्दा पनि सामाजिक सदभाव र मायाको बढी आवश्यक पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*