सिन्धुलीको बेलपुरमा गाउँलेको सक्रियतामा सडक निर्माण कार्य हुँदै

बिशालराज राई
१७ भाद्र २०७७, बुधबार ०९:३३

भदौ, सिन्धुली (हरिहरपुर गढी) – देश कोरोनाको कहरमा डुबिरहेको बेला यता सिन्धुलीको हरिहरपुरगढी ४ महेन्द्रझ्याडी बेलपुरमा भने स्थानीय बासिन्दाको सक्रियतामा बिकास निर्माणको काम धमाधम भैरहेको छ ।

बेलपुरका स्थानिय बासिहरुको श्रमदान मार्फत मदन भण्डारी राजमार्ग (धरान-चतरा मार्ग)बाट १ सय ५० मिटर भित्री ग्रामिण सडकमा स्ल्याब बनाउने काम धमाधम भइरहेको छ ।

सरकारको मात्र भर पर्दा बिकासको काम चाडै नहुने भएकाले बन्दाबन्दिमा समयको सदुपयोग पनि हुने आफ्नै ठाउँको बिकास पनि हुने भएकोले सडक निर्माणमा जुटेको स्थानिय युबा तथा निर्माण ब्यबसायी मेघराज राइले बताउनु भएको छ । स्थानिय बासिले पनि घरधुरिको हिसाबले श्रमदान गरी बलियो स्ल्याब बाटो निर्माणमा खटिरहेको राइले बताए ।

ठाडो खहरे सडक कमजोर हुँदा सामान ढुवानी तथा हिड्डुल गर्न समस्या हुने गर्थ्यो अब भने सडक पक्की हुने भएपछी स्थानियबासी पनि खुशी भएका छ । यसरी आफ्नो गाउको बिकास आफैले गरियो भने देश सम्बृद्धिको बिन्दुमा अबश्य पुग्नेमा कुनै दुइमत छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*