हेटौंडा बजारको ब्यबसाय दुई चरणमा खुल्यो

तामसालिङ खबर
२६ भाद्र २०७७, शुक्रबार १०:४९

भदौ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडाको बजारका ब्यबसायहरु आजबाट दुइ चरणमा खुलेका छन् । ब्यबसायहरु दुईचरणमा खोल्ने निर्णय जिल्ला प्रशासन कार्यालयले बुधबार बसेको कमाण्ड पोष्टको बैठकले गरेको थियो ।

स्थानीय तहमा भने दिनैभर पनि सबै पसल खोल्न सक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । यसअघि हिजो सम्म बिहान ५ बजेबाट १० बजेसम्म बजार खुल्दै आएकोमा अब बिहान र दिउँसो गरी २ समयमा मकवानपुरमा व्यवसायहरु खुल्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो ।

बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने बिहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछन् । बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछन् । प्रशासनले निजी सवारीलाई जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*