फुड बैंक संचालनको दशौ दिन सम्म ३ सय ५१ परिवारलाई खाद्यान्न वितरण
भदौ, हेटौंडा – हेटौडाको सानोपोखरामा सञ्चालित फुड बैंकको दशौ दिन सम्म ३ सय ५१ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबका अध्यक्ष उमेश महतको संयोजकत्वमा सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजे सम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गर्ने गरेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राजेश बानियाँले ५० परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्यहरु विष्णु पुडासैनी, सुमन महत, सरोज मुक्तान क्लबका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
त्यस्तै, भोलि शनिबार भने, कृषि बिकास बैंकमा कार्यरत कर्मचारी दिपक रानाभाट र दहनलाल चौधरीले खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम रहेको महतले बताउनुभयो ।






