हेटौँडामा मञ्जुश्री असाहय संरक्षण केन्द्रको शाखा कार्यालय उदघाटन

तामसालिङ खबर
२६ भाद्र २०७७, शुक्रबार २०:४३

भदौ, हेटौडा – हेटौँडामा मञ्जुश्री असाहय संरक्षण केन्द्रको शाखा कार्यालय शुक्रबार उद्घघाटन भएको छ ।

अन्यायमा परेका र असाहय महिला ,बालिकाहरुको न्यायको लागि लड्ने उद्धार गरेर संरक्षण दिईरहेको संरक्षण केन्द्र चितवनको छैठौँ वार्षिक उत्सवको अवसरमा दिप प्रज्वलन तथा शाखा समुद्घाटन कार्याक्रम सम्पन्न भएको हो ।

महिला तथा बालबालिका विरुद्ध हुने हिँसा र शोषणको अन्त्य गरौँ भन्ने नारा सहित चितवनबाट सुरु भएको केन्द्रले वार्षिक उत्सवकोे अवसरमा थप हौसला सहित शाखा स्थपना गरिएको संयोजक मञ्जु खाँडले बताईन् ।

बागमती प्रदेशको राजधानी हेटौँडा सहित केही जिल्लाहरुमा समेत शाखा स्थपना गरिएको केन्द्रकी संयोजक खाँडले बताएकी छन् ।
हेटौँडा शाखाकी अध्यक्ष सम्पुर्ण कुमारी सिग्देलको सभाध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथी सिग्देलले बुद्धचोकमा दिप प्रज्वलन गर्दै शाखा स्थपनाको समुद्घाटन गरेका हुन् । कार्याक्रममा अध्यक्ष सहित उपाध्यक्ष नमुना पाण्डे,कोषध्यक्ष गिता कार्की ,सचिव श्रृजना पौडेल र सदस्यहरुमा समिता रसाइली,कल्पना वाग्ले,ज्योत्सना श्रेष्ठ,शोभा मैनाली र सुमित्रा हुमागाइ र संचारकर्मीसहितको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*