पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न घ्याङफेदीमा टेण्ट वितरण

तामसालिङ खबर
२७ भाद्र २०७७, शनिबार १२:४६

भदौ, नुवाकोट (घ्याङफेदी) – नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीको सिसिपुमा गत मंगलबार वर्षापछि आएको पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न १ सय १३ थान टेन्ट वितरण गरिएको छ ।

राहत र आवश्यक साम्रगी लिएर शुक्रवार संघीय सांसद हितबहादुर तामाङको नेतृत्वमा, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले संयुक्तरुपमा पिडितलाई हस्तान्तरण गरेका हुन ।

अविरल वर्षाका कारण गाउँमाथीबाट पहिरो बग्न थाले पछि घ्याङफेदी आसपासको सिसिपु र स्यालोलोका १३४ घरधुरी विस्थापित भएका थिए । उनीहरु कोही छिमेकी र आफन्तकोमा शरण लिएर बसेका छन भने १५० जना भन्दा बढी बोल्चोकको ओडारमा आस्रय लिएर बसेका छन ।

सांसद तामाङ संगै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, उपसभामुख राधिका तामाङ, जिसस प्रमुख सन्तमान तामाङलगाएतको टोली त्यस ठाउँमा पुगी टेन्ट वितरण गरे ।

गृह मन्त्रालयको समन्वयमा उपलब्ध टेन्ट वितरण गर्न पुगेका साँसद टोलीले जोखिममा परेका वस्तीको छिट्टै सुरक्षित स्थानमा स्थानान्तरण हुने आश्वसन दिएका छन । भूगर्भविदहरुको टोली खटाई सुरक्षित स्थानमा वस्ती व्यवस्थापनका लागि पहल भैरेको संघीय सांसद तामाङले बताए ।

मन्त्री युवराज दुलालले जनता आवास कार्यक्रममार्फत विस्थापितहरुको व्यवस्था गरिने र यस क्षेत्रको समग्र विकासका लागि आवश्यक योजना बनाई सम्बोधन गरिने बताए । सोही क्षेत्रबाट निर्वाचित सांसद तथा प्रदेश सभाका उपसभामुख राधिका तामाङले पहिरो जान थालेको सुरुवातमै आफुले सुरक्षित स्थानमा रहन अपील गरेको भन्दै पहिरो पिडितहरुका समस्या समाधानका लागि अग्रभागमा रहेर पहल लिने प्रतिबद्धता जनाइन् ।

तीनै तहका सरकारसंग समन्वय गरिरहेको बताउँदै उनले नुवाकोटको कर्णाली भनेर चिनिने यस क्षेत्रका जनताको दुखमा संधै संगै रहेर दिर्घकालीन समाधान दिलाउने बताइन् । जिसस प्रमुदख सन्तमान तामाङले पहिरोपिडितसंगै नेगी वस्ती माथी रहेको भिमकाय ढुंगाको व्यवस्थापनको लागि समेत पहल भैरेको बताए ।

ओडारमा आश्रय लिएर बसेकाहरुको लागि चाउचाउ, चिउरा र खानेपानीको व्यवस्था गाउँपालिकाले गरेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङले बताए ।

बेलैमा सचेतता अपनाएका कारण मानवीय क्षेती हुनबाट बचेता पनि दुई घर र केही गाईभैसी पहिरोले बगाएको र नौ वटा घरमा सामान्य क्षेती पुगेको स्थानीयले बताएका छन् । विस्थापितहरु छिट्टै सरकारले अन्यत्र व्यवस्था गरिदेओस भन्ने आशामा रहेका छन् ।

हरेक वर्ष बाढी पहिरोका कारण जनधनको क्षती व्यहोर्दै आएको नुवकोटको अति विकट गाउँ घ्याङफेदीलाई यस वर्ष पनि त्यस्तै विपत आइपरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*