भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए
भदौ, भक्तपुर – भक्तपुरमा शुक्रबार एकै घरमा परिवारका तीनजनाको शव फेला परेको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ स्थित निकोसेरामामा रहेको ४ तले घरमा तीवटा शव फेला महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
हरेक तलामा एक एक वटा शव फेला परेको महाशाखाले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीीया सुशीला र १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको छ । घरमा एक कुकुर पनि मृत फेला परेको छ ।
शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै केही भन्न नसकिने महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन् ।
उनले फरेन्सिक टोलीसहित आफूहरु घटनास्थलमै रहेको बताइन् । उनका अनुसार अधिकारी परिवारले सोही घरमा किराना पसल गर्दै आएको थियो ।






