सोलीथुमका मृगौला पिडित ढकाललाई आर्थिक सहयोग

तामसालिङ खबर
३१ भाद्र २०७७, बुधबार २०:२७

भदौ, हेटौडा (मकवानपुर गढी) – मकवानपुरको मकवानपुर गढी गाँउपालिका वडा नम्बर ५ सोलीथुमका मृगौला पिडित उद्धवराज ढकाललाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

हेटौडाका पत्रकार राजेश गरिबको पहलमा २८ वर्षीय मृगौला पिडित ढकाललाई २१ हजार ३ सय रुपैँया उनकै घरमा पुगेर सहयोग गरिएको हो ।

सहयोगका लागि होराईजन अटो प्रालीका संचालक राजु रत्न बज्रचार्यले नगद ५ हजार, मकवानपुर उद्दयोग वाणिज्य संघ वाणिज्य तर्फका उपाध्यक्ष कृष्ण कुमार अग्रवालले नगद ५ हजार १ सय, वैद्यनाथ खाद्यन्न भण्डारका संचालक शुर्दसन खरेलले नगद ३ हजार, डाईन एण्ड वाईन हेटौँडाका संचालक नवराज आचार्यले नगद ३ हजार, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठले नगद रकम २ हजार, खतिवडा किराना पसलका विष्णु प्रसाद खतिवडाले नगद २ हजार १ सय र द केबी डेकोर हाउसका शुवास जङ्ग थापाले नगद १ हजार १ सय रुपैँया सहयोग गरेका हुन् ।

गाउपलिकाको वडा नम्बर ५ का वडाध्यक्ष जित बहादुर घिमिरेको रोहबरमा सो रकम हस्तान्तरण गरिएको हो । वडाध्यक्ष घिमिरिले
आफु व्यक्तीगत र वडाको तर्फबाट सहयोगका लागी तयार रहेको विश्वास दिलाए ।

यो सँगै केही राहत होस भनेर यसरीे सहयोगमा जुट्ने पत्रकार राजेश गरिबले सहयोगी मनहरुलाई धन्यवाद दिदैँ अवस्था नाजुक भएका कारण ढकाललाई सबैसँग सहयोग गरिदिन अनुरोध गरेका छन् । हस्तान्तरण कार्यक्रममा सोही स्थानमा रहेको विद्यालयमा कार्यरत प्राधानाध्यापक राजु प्रसाद संजेल, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*