राप्तीमा जलसतह सतर्कता तह पुग्यो, सतर्क रहन आग्रह
असोज, हेटौडा – बिहिबार रातिदेखिको लगातारको भारी बर्षाका कारण राप्ती खोलामा बाढि आएको छ । मनहरीको रजैयामा रहेको बाढि मापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेकाले नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागले आग्रह गरेको छ ।
बिभागले राप्ती जलाधारको रजैया, मकवानपुरगढि र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भारी बर्षा भएका कारण राप्तीमा पानीको सतह बढेको जनाएको छ । राप्ती तटिय क्षेत्र र चितवनको सौराहा क्षेत्र जोखिममा पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ ।
त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सामाजिक संजाल मार्फत सचेत गराउँदै मकवानपुरको मकवानपुरगढी लगाएत आसपासका क्षेत्रमा भारी वर्षा र थप वर्षा हुने सम्भावना रहेकोले सतर्क आग्रह गरेको छ ।






