डाक्टर सन्दुक रुइतलाई ‘जनसेवा श्री प्रथम’ मानपदवी

ताम्सालिङ खबर
३ आश्विन २०७७, शनिबार ०९:३३

असोज, काठमाडौं – यस वर्षको संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई विभूषित गर्ने भएकाे छ । डा रूइतलाइ सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवीद्वारा विभूषित गर्ने निर्णय गरेको हाे ।

देश-विदेशमा सुपरिचित डा. रूइतले हजारौं नेपालीको आँखाको ज्योति फर्काउन सफल भएकाेमा सम्मानित गर्न लागिएकाे हाे । सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएका डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुनु हुन्छ ।

यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’ भने कसैलाइ प्रदान नगरिने जनाइएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*