बागमती प्रदेशको उप-सभामुखको स्वकिय सचिव एलिशा थापा कोरोना मुक्त
असोज, हेटौडा – बागमती प्रदेश सभाका उप-सभामुख राधिका तामाङको स्वकिय सचिव एलिशा थापा कोरोना संक्रमण मुक्त भएकी छन ।
थापाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत २५ दिनको होम आइसोलेसनपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी गराएकी हुन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । थापालाई १७ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण देखिएपछि उनी उपसभामुखको निवासमा होम आइसोलेशनमा बसेकी थिईन ।
‘यो अवधिभर मलाई निरन्तर साथ सहयोग हौसला प्रदानगर्नुहुने सम्पूर्ण धन्यवाद, कोरोना सुन्दा जति डरदाग्दो सुनिएको छ, त्यो वास्तविक हाईन रहेछ’, संक्रमण मुक्त भएकी एलिसाले समाजिक सञ्जालमा लेखेकी छन् ।
‘यदि कसैलाई कोरोना लागीहालेपनि सामान्य रुपमा लिएर आफ्नो मनोवल बलियो बनाउनुहोस’, उनले आत्मबल बढाउन सुझावदिँदै भनेकी छन्, ‘कोरोनालाई सजिलै जित्न सकिन्छ ।’
सन २०१७ देखि नेपालको रग्बी टिम सम्हाल्दै आएकी उनि नेकपा नुवाकोटको जिल्ला कमिटी सदस्य समेत हुन ।
https://www.facebook.com/alisha.thapa.944/posts/3502931469758920






