चित्लाङको ऐतिहासिक अम्बे जात्रा स्थगित

तामसालिङ खबर
२७ आश्विन २०७७, मंगलवार ०५:२६

असोज, टिस्टुङ – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगित गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगित गरिएको हो ।

थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्म अनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताए । ‘अघिल्ला वर्षमा जस्तो बजार राख्ने, लाखबत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलाप बन्द गरिने छ,’ उनले भने ।

जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाडौं भक्तपुर, ललितपुरलगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो । अम्बेजात्रालाई स्थानीयवासी गोपाली (गोपालवंशका मानिने) ले विशेष महत्व दिएर मनाउने गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*