मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

तामसालिङ खबर
२७ आश्विन २०७७, मंगलवार १३:४१

एजेन्सी – आज अक्टोबर १३ तारिखका दिन मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो । जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन् । यो क्षणलाई खगोलशास्त्रीको भाषामा मंगलग्रहको अपोजिसन नाम दिइएको छ ।

जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका अनुसार प्रत्येक दुई वर्षमा हुने मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ ।

१३ अक्टोबरमा मंगलग्रह पृथ्वी नजिक देखिने नासाका वैज्ञानिकहरुले यसअघि नै बताएपनि गत ६ अक्टोबरमा यो ग्रह करिव पृथ्वी नजिक आइपुगिसकेको छ भने अहिले पृथ्वी र मंगलग्रहको दूरी ३८ दशमलव ६ मिलियन माइलको दूरीमा रहेको छ ।

अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाका वैज्ञानिकहरुले जनाएका छन् । यस अघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो ।

हाल मंगलग्रहको तीन मिशन सक्रिय रहेका छन् । अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सले गत जुलाईमा मंगलग्रह पठाउने गरेको थियो । यसअघि नासाले २०१८ मे मा मंगल ग्रह मिशन लञ्च गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*