भुकम्पबाट क्षतिग्रस्त मनहरी ५ को गुम्बा पुननिर्माण शुरु, जनप्रतिनिधिद्वारा शिलान्यास

पुस, हेटौडा (मनहरी) – २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त ५ बर्षपछि पुननिर्माण हुने भएको छ । मकवानपुरको मनहरी गाउपालिका ५ बसन्तपुरमा रहेको टासी छ्योइलिङ गुम्बाको पुनर्निर्माणको लागि आज (बिहिबार) शिलान्यास गरिएको छ ।
बिहिबार एक कार्यक्रमका बीच निर्माणधिन गुम्बा परिसरमा बागमती प्रदेशको प्रदेशसभा सदस्य ओम बहादुर ग्लान, मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रेती, र ५ नम्बर वडाको वडाध्यक्ष शुभराज थिङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्नु हुदै, प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले बौद्धधर्म सस्कृति हाम्रो पहिचान संग जोडिएकोले संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । प्रदेश सरकार लगायत स्थानीय तहबाट विकास निर्माणको कार्य संगै धर्म सस्कार संरक्षणको लागि सहयोग रहने बताउदै निर्धारित समयमा नै गुम्बाको कार्य सकाउन उपभोक्ता समितिलाई समेत आग्रह गर्नु भयो ।
त्यस्तै, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले स्थानीय सरकार धर्म सस्कार जगेर्नाको निम्ति सहकार्यको तयार रहेकोले गुम्बा निर्माण जस्तो पबित्र काममा गाउपालिकाको तर्फबाट सक्दो सहयोग रहने बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नेकपा मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेती, सचिबालय सदस्य दिपेन्द्र अधिकारी, कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नम्बर वडा सदस्य सोमनाथ रुम्बा, महेन्द्र खड्का, नेकपा ५ नम्बर वडाका अध्यक्ष मिनबहादुर लामा, सुर्यकिरण युवा क्लबका अध्यक्ष बीरबहादुर मिजार, ऋषेश्वर महादेव मन्दिरको अध्यक्ष बिष्णु प्रसाद अधिकारी लगायतका सहभागी रहेका छन् । कार्यक्रम गुम्बा ब्यबस्थापन समितिको उपाध्यक्ष सुजन रुम्बाको सभाध्यक्षतामा भएको थियो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वायन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्बाधार)को अनुदान मा २९ लाख, ३० प्रतिशत जनश्रमदान सहित कूल ४१ लाख लागतमा गुम्बा पुननिर्माण हुने अनुमान गरिएको छ । गुम्बा निर्माण कार्य चैत्र मसान्त भित्र सम्पन्न गरिने सक्ने उपभोक्ता समितिका सचिव दिलबहादुर लामाले बताउनु भयो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वायन इकाई भूकम्पीय गुम्बा पुनर्निर्माण आयोजना अन्तर्गत मकवानपुरमा १० वटा गुम्बा पुनर्निर्माण भैरहेको छ । भने दुई वटा गुम्बा बहुबर्षिय योजनामा रहेको र एउटा गुम्बा केन्द्रिय आयोजना कार्यान्वयन इकाइबाट हुने जिल्ला आयोजना कार्यान्वयन ईकाईका इन्जिनियर सन्जिब ठाकुरले बताउनु भयो ।