राक्सिराङमा १५ विगाहामा लगाएको गाँजा फडानी

ताम्सालिङ खबर
४ पुष २०७७, शनिबार १७:५४

पुस, हेटौंडा (राक्सिराङ) – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फडानी गरिएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को लावती, लगायत स्थानहरुमा १५ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले गाँजा नष्ट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*