बागमती प्रदेशको संसद बैठक माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस
पुस, हेटौडा – बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश सभाको सातौँ बैठक आगामी माघ ७ गते बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागि थिए ।
गएको पुस १० गते प्रदेश सभा सचिवालयमा ४५ जना प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्री डोरमणि पौडेललाई पदबाट हटाउन अविस्वासको प्रस्ताव दर्ता गरिएको थियो ।






