गढ़िको चण्डिका माविको अध्यक्षमा गोले चयन

पुस, हेटौडा (मकवानपुरगढी)– मकवानपुरगढी गाउँपालिकाको चण्डिका माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार गोले चयन भएका छन् । आइतबार सम्पन्न ३९ औं अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोले चयन भएका हुन् ।
समितिको सदस्यमा राजेश थापा, बेदबहादुर पन्थ, बिन्दा सुनार, सरिता न्यासुर, सितामाया रुम्बा, विरबहादुर गोले, शिक्षक प्रतिनिधि सदस्य मधुप्रसाद अधिकारी र वडा अध्यक्ष बखान सिं पाख्रिन पदेन सदस्यमा चयन भएका छन् ।