जेसीआई हेटौंडा लेडीको अध्यक्षमा श्रेष्ठ निर्बाचित

तामसालिङ खबर
२० पुष २०७७, सोमबार २२:५०

पुस, हेटौडा – हेटौंडा लेडी जेसिआई वर्ष २०२१ को अध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

यस्तै निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षमा कविता पौडेल र दिलमाया घर्ती निर्वाचित भएका छन् भने उपाध्यक्षमा अस्मिता न्यौपाने, ज्योति काफ्ले, सुनिता राई र शिखा भट्टराई निर्वाचित भएका छन् ।

जेसीआई हेटौंडा लेडीको वर्ष २०१२ की अध्यक्ष एवम् वर्तमान समितिमा कानुनी सल्लाहकार समेत रहनुभएकी निर्वाचन आयुक्त रश्मि बस्नेतले सर्वसम्मत निर्वाचित समितिको नाम घोषणा गर्नुभएको हो ।

निर्वाचन आयुक्त रश्मि बस्नेतका अनुसार अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षमा आवश्यक संख्या अनुसार नै उम्मेद्वारी परे सँगै सर्वसम्मत निर्वाचित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*