राक्सिराङ गाउपालिकामा स्थानीय भाषामा नागरिक वडापत्र सेवा सुरु

तामसालिङ खबर
२८ पुष २०७७, मंगलवार १९:१८

पुस, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउपालिकामा स्थानीय भाषामा नागरिक वडापत्र सेवा सुरु गरेको छ । गाँउपालिकाको कार्यलय चैनपुरमा नेपाली, चेपाङ र तामाङ भाषा गरि ३ भाषाको अडियो वडापत्र सञ्चालनमा ल्याएको हो ।

तामाङ र चेपाङको बाहुल्य रहेको जनतालाई सहज होस भनेर गाँउपालिका तथा प्रत्येक वडाबाट प्रदान गरिने सेवा सुबिधाको बारेमा अडियो मार्फत जानकारी गराइने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनु भयो ।

भाषाको समस्या रहेका र मुल भाषा बुझ्न समस्या रहेकाहरुको लागि उक्त अडियो नागरिक बडापत्रले निकै सहज हुने गाँउपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनु भयो ।

त्यस्तै, स्थानिय सामाग्री सामावेश गरी तयार पारिएकोे पाठ्यक्रम पनि सार्वजनिक गरिएको छ । राक्सिराङ गाँउशिक्षा समिति र अन्य सरोकारवालाहरुको सहकार्यमा निर्माण गरिएको पाठ्यक्रम गाँउ सभामार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*