मनहरीमा ५ ओटा पुलको ठेक्का सम्झौता

तामसालिङ खबर
२९ पुष २०७७, बुधबार १९:३४

पुस, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाको हाँडीखोला तर्फ ५ वटा पुल निर्माण हुने भएको छ ।

मनहरी गाउपालिका – ३ को लामिटार र ४ को ट्वाङ्ग्रा जोड्ने पुल, ४ नम्बरकोे गोलघर र ३ नम्बरको मिलडाँडा जोड्ने पुल, ३ नम्बर वडाकै कालिदमार र हाँडीखोला जोड्ने पुल, ३ कै भुन्द्रुङ र पालदमार जोड्ने पुल तथा १ र २ नम्बर वडालाई जोड्ने गरी पक्की पुल निर्माण हुन लागेको छ ।

५ मध्ये ४ वटा पुल निर्माणको ठेक्का हिराचन-बानियाँ जेभीलाई परेको छ भने एउटा पुल निर्माणको ठेक्का भैरव-नारायण जेभीलाई परेको छ । गाउँपालिकाको ३३ करोडको लागतमा ५ वटा पुल निर्माण हुन लागेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

हाँडीखोला क्षेत्रको खोला तथा खहरेमा पुल नहुँदा स्थानीयले बर्षौंदेखि समस्या झेल्दै आएका थिए । बर्षाको समयमा एम्बुलेन्स, स्कुल बस एवम् साना तथा ठूला सवारी लामिटारबाट अन्य गाउँमा पुग्न समस्या रहँदै आएको थियो ।

२४ महिनाभित्र ५ वटै पक्की पुलको निर्माण कार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । ५ वटा पक्की पुल निर्माण सम्पन्न भएपश्चात मनहरी गाउँपालिकाको १ र २ नम्बर वडाका बासिन्दालाई हेटौंडा उपमहानगरपालिका हुँदै गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

खोल्सी तथा खहरेमा पुल नहुँदा तथा कच्ची बाटोका कारण १ र २ नम्बर वडाका बासिन्दा हेटौंडा हुँदै गाउँपालिका जानुपर्ने बाध्यात्मक अवस्थामा रहेका थिए । ‘मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रमा २ बर्षभित्रमा ५ वटा पक्की पुल बन्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*