बागमती प्रदेशसभा सचिवालयले लोगो परिवर्तन हुने
असोज, हेटौडा – बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ । साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरा सहितको भू–भाग समावेश गर्न लागिएको हो ।
अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेशसभा लेखेको हुनुपर्नेछ ।
सचिवालयले आगामी १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेशसभा सचिवालयको जिन्सी शाखामा बुझाउन बुधबार सूचना जारी गरेको छ ।
उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ ।






