कैलाशमा २० बिगाहमा लगाएको गाँजा खेती नष्ट

तामसालिङ खबर
९ माघ २०७७, शुक्रबार १०:२७

माघ, हेटौँडा – मकवानपुर प्रहरीले कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाको कमाण्डमा बागमती प्रदेश प्रहरी कार्यालय, प्रहरी गण रातोमाटे र दंगा नियन्त्रण प्रहरी गणबाट संयुक्त रुपमा खटिएको ७० जनाको टोलिले कैलाशको वडा नम्बर ३ र ८ को थलिटार, फास्टार, कुनिले लगायतका विभिन्न स्थानहरुको २० बिगाहामा लगाइएको लागुऔषध गाँजा खेति फडानी गरी आगो लगाएर नष्ट गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*