भीमफेदी कुलेखानी सडक खण्ड दुइ महिनाको लागि बन्द हुने
माघ, हेटौँडा – बागमती प्रदेशको राजधानी हेटौँडा र काठमाडौं जोड्ने मार्ग भीमफेदी कुलेखानी सडक खण्ड २ महिनाको लागि बन्द हुने भएको छ ।
सडक खण्ड अन्तर्गत भीमफेदी-देउराली कुलेखानी सम्म सिमेन्ट कंक्रिट गरी ढलान गर्नु पर्ने भएकोले उक्त सडक-खण्डमा माघ १० गतेबाट चैत्र १० गते सम्म सवारी संचालनमा रोक लगाएको छ ।
बागमती प्रदेश यातायात पुर्वाधार निर्देशनालय अन्तर्गत स्तरोन्नति भइरहेको उक्त सडकखण्डको ढलान कार्य हुने भएकोले दुइ महिनाको लागि सवारी संचालनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णय भएको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।


ताम्सालिङ खबर




