अब भारतीय नागरिक नेपाल आउँदा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने

ताम्सालिङ खबर
३ माघ २०७७, शनिबार १८:३९

माघ, काठमाडौं – भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य रुपमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ ।

सरकारले नेपाल-भारतसँग जोडिएका सीमानाका खुला गरे सँगै भारतीय नागरिकले नेपाल प्रवेश गर्नका लागि गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् ।

सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन्।

सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*