‘जनसभा’लाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज चितवन पुग्ने

तामसालिङ खबर
१७ माघ २०७७, शनिबार १०:३४

माघ, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज चितवन आइपुग्ने भएको छ । नेकपा ओली समूहद्वारा भरतपुरमा आयोजना गरिने ‘जनसभा’लाई सम्बोधन गर्न र सिटी हलको शिलान्यास गर्न प्रधानमन्त्री ओली आउने भएको हाे ।

शनिबार दिउँसो साढे १२ बजे नेकपाकाे चितवन जिल्ला कमिटीले भरतपुरस्थित ‘केन्द्रीय बस टर्मिनल’ मा कार्यकर्ता भेला तथा जनसभा आयोजना गरेकाे छ । सभालाई प्रधानन्त्री ओली सहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सम्बाेधनअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको सिटी हलको शिलान्यास गर्नुहुने बताइएकाे छ । साथै भरतपुरकाे पुल्चोक-गोन्द्राङ सडक ६ लेनमा विस्तार गर्ने कार्यकाे पनि उहाँले शुभारम्भ गर्ने कार्यक्रम रहेकाे छ ।

नेकपा (ओली समूह) चितवनले प्रधानमन्त्रीद्वारा सम्बाेधन हुने कार्यक्रममा भरतपुर र वरपरका गाउँगाउँबाट समेत कार्यकर्ता तथा जनसाधारणलाइ भेला गराउने तयारी थालेकाे बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*