उत्तरपानीमा १० करोड बज्रगुरु जप समापन
माघ, हेटौंडा – हेटौंडाको उत्तरपानीमा रहेको उर्गेन पेमा डुप्किलिङ् बौद्ध गुम्बामा दश करोड बज्रगुरु जप तथा विश्व शान्ति पूजा बिहिवार समापन भएको छ ।
माघ ८ गतेबाट सुरु भएको बज्रगुरु जप तथ विश्व शान्ति पूजा ८ औं दिन समापन भएको हो । जिल्लाकै दोस्रो ऐतिहासिक जप प्रदेशभरका २५ जना लामा गुरुहरु लगायत गुम्बाकै लामाहरुले बज्रगुरु जप पढेका थिए ।
८ दिनसम्म गुरु पद्मा मन्त्र, सम्भावको साधनालाई दश करोड मन्त्र गुरु पद्माको नाममा जपेर पु¥याएर सकाउनुपर्ने गुम्बाका प्रमुख लोबेन गुरुले बताए । पूजाले सबै प्राणीलाई लागेको भोक , रोग , दुःख , कष्ट र बिरामी नाश भएर जाने विश्वास रहेको गुरु लोबेनले बताए ।






