राक्सिराङको गिङ्गुडाडा देखि वडा कार्यालय पुगे मोटरबाटो शिलान्यास

तामसालिङ खबर
१८ माघ २०७७, आईतवार १८:०६

माघ, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय जोड्ने मोटरबाटो शिलान्यास गरिएको छ ।

४ नम्बर वडाका वडा अध्यक्ष सन्जय कोइरालाले गिङ्गु डाडा देखि वडा कार्यलय सम्म जोड्ने मोटर बाटोको शिल्यान्यास गर्नु भएको हो । उक्त बाटोको शिल्यान्यास गर्दै कोइरालाले उपभोक्ता समितिले गुणस्तरीय काम गर्नेमा बिश्वास व्यक्त गर्नु भयो । यस बाटोलाई पर्यटन बाटोको रुपमा संचालन गर्ने तयारी समेत रहेको बताउनु भयो ।

प्रदेश सरकारले बिनियोजन गरेको २० लाखको लागतमा बाटो निर्माणको काम थालनी गरेको हो । समितिले चैत भित्रमा ६ मिटर चौडा सहित ३ किलोमिटर बाटो निर्माण गर्नुपर्ने छ । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी,स्थानीय राजनितिक दलका प्रतिनिधि ,समाजसेविहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*