नयाँ नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश

तामसालिङ खबर
२१ माघ २०७७, बुधबार १२:४२

माघ, काठमाण्डौ – सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए । यस अघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो । भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो ।

सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । जुन कदम देशैभर स्वागत भएको थियो । तर पछि सरकारले पाठ्यक्रममा यो नक्सा नराख्दा यसको विरोध भएको थियो ।

यो सँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*