बागमतीमा कोरोना विरुद्धको खोप लगाउने क्रम जारी

तामसालिङ खबर
२३ माघ २०७७, शुक्रबार २३:०८

माघ, हेटौडा – बागमती प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । हाल सम्म ५५ हजार ८७८ जनाले खोप लगाइसकेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक रमेशप्रसाद अधिकारीले खोप लगाउने कार्य जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा ७५ हजार ८ सय ६० लक्षित व्यक्ति रहेका थिए । उहाँले खोप लगाइएका मध्ये ३२४ जनालाई सामान्य ज्वरो देखिएको र दुई जना गम्भीर बिरामी भएपनि अहिले सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिनुभयो ।

प्रदेशमा ११ लाख ७६ हजार ३०३ जनाको कोरोना परिक्षण गर्दा एक लाख ४९ हजार ४८७ जनालाई पोजेटिभ देखिएको थियो । तीमध्ये एक लाख ८६ हजार ८७६ जना कोरोनामुक्त भएको र एक हजार ६१५ जना उपचाररत रहेको जनाइएको छ । कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या प्रदेशमा ९९६ जना पुगेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले चालु आर्थिक वर्ष ०७७/७८ मा प्रजनन स्वास्थ्य सेवा, मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिगौलाको रोग, एचआइभी एड्सजस्ता घातक रोगबाट बच्न सचेतनाका कार्यक्रम, किशोर/किशाेरी मैत्री स्वास्थ्य सेवा प्रवाह, गर्भपतन सेवामा सहजता लगायत सबैखाले स्वास्थ्य उपचारसँग सम्बन्धित कामलाई प्राथमिकताको साथ सञ्चालन गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*