ल्होछार सास्कृतिक कार्यक्रमको तयारी पुरा, दर्जनौ मकवानपुरे तामाङ कलाकारको सांगीतिक प्रस्तुति हुने

दिलबहादुर लामा
२९ माघ २०७७, बिहीबार २२:३५

माघ, हेटौडा – जीवा/नम्युङ ल्हो (मुसा वर्ग) लाई बिदाई गर्दै २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) लाई स्वागतार्थ बागमती प्रदेशको राजधानी हेटौडामा भोलि शुक्रबार हुने सोनाम ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

तामाङ समुदायको सास्कृतिक पर्ब २८५७ औ लाङ/म्हे ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघको आयोजनामा भोलि शुक्रबार ३० गते हेटौडाको टिसिएन चौरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुने भएको हो ।

सास्कृतिक कार्यक्रममा कलाकार संघकै कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक एबम संघका अध्यक्ष धिरेन लामाले बताए ।

पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा हुने ल्होछार सास्कृतिक कार्यक्रममा तामाङ भेषभुषाको प्रदर्शनी, मौलिक खानाका परिकारको स्टल, झाक्री, लामाको नाच, चलचित्र र गायन क्षेत्रको मकवानपुरे अग्रज तामाङ कलाकारको सम्मान, मिस तामाङ मकवानपुर २०७६ को बिजेता, मिस कलिउडको बिजेतालाई सम्मान गरिने संघका महासचिब रबिन्द्र थिङले बताउनु भयो ।

संघका कलाकारहरुको सांगीतिक प्रस्तुति संगै फ्युजन डान्स हाउस, भुटनदेबी युवा क्लब, आस्था कला केन्द्र मनहरीको नृत्य हुने महासचिब थिङले बताउनु भयो । तामाङ भेषभुषा, लामा झाक्रीको झाकी, ब्यानर सहित बिहान १० बजे हेटौडाको बुद्धचोकमा जम्मा भै कार्यक्रम स्थल सम्म र्याली हुने भएको छ ।

विगतका वर्षमा गुम्बा, घेदुङ, तामाङ गुठी, लगायतले संयुक्त रुपमा ल्होछार महोत्सब गर्दै आएको थियो भने यसबर्ष भने मकवानपुर तामाङ कलाकार सघको आयोजनामा हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*