ल्हाेछारकाे अवसरमा राक्सिराङ गाउपालिकामा २ दिन बिदा

ताम्सालिङ खबर
२९ माघ २०७७, बिहीबार १०:२०

माघ, हेटाैंडा (राक्सिराङ) – तामाङ समुदायको सास्कृतिक पर्ब २८५७ लाङ ल्हो(गाइ बर्ग) साेनाम ल्हाेछारकाे अवसरमा मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएकाे छ ।

राक्सिराङमा तामाङ समुदायको बाहुल्यता रहेकोले सोनाम ल्हाेछारकाे अवसरमा आज माघ २९ गते र भोलि ३० गते सार्वजनिक बिदा दिएकाे हाे । बुधबारकाे गाउँ कार्यपालिकाकाे बैठकले बिदा दिने निर्णय गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।

यसअघि बकैया गाउपालिकाले ३ दिन र इन्द्रसराेबर गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*