भुन्द्रुङ टाँडीमा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न, नृत्य प्रतियोगितामा श्रीजनशिल युवा क्लब प्रथम

तामसालिङ खबर
३ फाल्गुन २०७७, सोमबार ०६:४३

फाल्गुन, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ टाँडीमा ल्होछारको अवसर पारेर शानिबार शुभकामना आदान प्रदान तथा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

२८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) को अबसरमा रत्नलिङ गुम्बाको आयोजनामा कार्यक्रम भएको हो । सास्कृतिक कार्यक्रम अन्तर्गत भएको नृत्य प्रतियोगितामा श्रीजनशिल युवा क्लब प्रथम भएको छ । त्यस्तै सक्षम युवा क्लब द्वित्तीय र बस्तिपुर ग्रुप तृतिय भएको छ । नृत्य प्रतियोगिताको निर्णायकमा पर्बत राई, कृष्ण स्याङ्तान लगायत रहेका थिए ।

गुम्बाको अध्यक्ष विष्णुलाल स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष आनन्द घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका विशेष अतिथिमा श्री सिता माविका अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य राजकुमार पाख्रिन र तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान रहेका थिए ।

कार्यक्रममा शुभकामना आदान प्रदान, तामाङ सेलो नृत्य प्रतियोगिता सहित अन्य विविध साँस्कृतिक कार्यक्रम भएको थियो । साँस्कृतिक कार्यक्रममा कलाकारहरु रविन्द्र चेपाङ, सुन्दर लामा, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा, स्थानिय र्यापार ईमान लामा, दिनेश लामा, सारिका लामा, हर्कमान वाईबा रिदम लगायतको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा समाजसेवी जिबनमान मोक्तान, गोले बंश उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोले, नेपाली काँग्रेस जनजाति विभाग भिमफेदीका अध्यक्ष गोपी लामा, समाजसेवी तथा आरिराङ कोरियन भाषा तथा कन्सलटेन्सीका प्रोप्राईटर सुबेन्द्र मोक्तान, समाजसेवी करण डिमडुङ, गुम्बाका सचिव अर्जुन घलान तथा संचारकर्मीहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सफल बनाउनका लागि गाउँवासीकाहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*