उपसभामुख तामाङद्वारा ल्होछारको अवसरमा प्रदेशसभा सचिबालयमा चियापान
फाल्गुन, हेटौडा – बागमती प्रदेश सभाको उपसभामुख राधिका तामाङले राष्ट्रिय पर्ब सोनाम ल्होछार र ग्याल्पो ल्होछारको अवसरमा प्रदेश सभा सचिवालयमा आज (बुधबार) शुभकामना आदानप्रदान तथा चियापान, भेटघाट गर्नुभएको छ ।
तामाङ समुदायको राष्ट्रिय पर्ब २८५७ ल्हाङ/म्हे ल्हो (गाइ बर्ग) सोनाम ल्होछार र बौद्धमार्गी हिमाली शेर्पा समुदायको २१४८ ग्याल्पो ल्होछारको अवसरमा उपसभामुख तामाङले बुधबार प्रदेशसभा सचिवालयमा शुभकामना आदानप्रदान तथा चियापान, भेटघाट कार्यक्रम गर्नु भएको हो ।

कार्यक्रममा प्रदेश सभा सचिब कृष्णहरि खड्का सहित कर्मचारीहरु, मर्यादापालक लगायत सुरक्षाकर्मीहरु सहभागी रहेको थियो ।

ताम्सालिङ खबर 




