हेटौडामा मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सम्पन्न
फाल्गुन, हेटौडा – हेटौंडा उमपहानगरपालिका वडा नम्बर १ मा संचालित मखमल तथा ढाकाको जुत्ता बनाउँने तालिम बुधबार समापन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडाको आयोजना तथा हेटौंडा वडा नम्बर १ कार्यालयको समन्वय संचालित एक महिने तालिम समापन गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको अध्यक्षता तथा उपमहानगरपालिकाकी उप प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका जगन्नाथ दाहालको विशेष आतिथ्य, वडा सदस्यहरु इश्वरी रसाइली, बेगम बराल, टोल विकास नगर समन्वय समितिका सदस्य जुना मल्ल श्रेष्ठ श्रेष्ठ, ज्ञानेन्द्र कार्कीको आतिथ्यता रहेको थियो । तालिममा रविना बानियाले प्रशिक्षण प्रदान गरेकी थिइन् ।






