मनहरी गाउँपालिकाकी उपाध्यक्ष बिष्टलाई पुन: पदीय जिम्मेवारीमा फर्कन आदेश

ताम्सालिङ खबर
५ फाल्गुन २०७७, बुधबार २१:३३

फाल्गुन, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्ट पुन: आफ्नो कार्य क्षेत्रमा फर्किन पाइने भएको छ ।

उच्च अदालत पाटन हेटौँडा इजलाशले उपाध्यक्ष विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको छ । यससँगै बिष्टलाई गाउँपालिका उपाध्यक्षको पदमा रहि काम गर्न बाटो खुलेको छ ।

आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो ।

उच्च अदालत पाटनको हेटौडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश भएको हो ।

गत मंसिर २९ गते उपाध्यक्ष बिष्टले राजीनामा दिएको भन्दै पौष १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वीकृत गरेको घोषणा गरेका थिए । तर उपाध्यक्ष बिष्टले भने आफुले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*